JanataToday.com

Advertisment

SKIP THIS

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए ।

उनका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै को हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जुम्लाको तापक्रम माइनसका झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij