प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा

प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा

काठमाडौं – भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली टिममा सातजना नयाँ अनुहार छन् । राष्ट्रिय टिमका नियमित खेलाडीहरु विदेश पलायन भएपछि नेपाल टिमको सन्तुलन नै विग्रेको छ । नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् ।

गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्डहरु सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

मनाङ मर्स्याङदीबाट लिग खेलिरहेका सुमित र एपीएफबाट लिग खेलिरहेका मणि गत वर्ष ए डिभिजन फुटसल लिगमा क्रमसः विजेता र उपविजेता टिमका प्रमुख खेलाडीसमेत थिए ।

नेपाली टिम

गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij