JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा बैंकिङ, बीमा, पूँजीबजार प्रदर्शनी शुरु

बुटवलमा बैंकिङ, बीमा, पूँजीबजार प्रदर्शनी शुरु

बुटवल : आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी बुटवलमा शुरु भएको छ ।

“वित्तिय जागरण: राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उनले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न स्वदेशमै लगानी गरी उत्पादन बढाउनुपर्ने धारणा राखे । “पछिल्लो पाँच महीनाको अवधिमा रु पाँच अर्बको तरकारी र रु नौ अर्ब बराबरको चामल आयात गरिएको छ ।”, उनले भने, “देशको पूँजी बाहिरिएर आर्थिक समृद्धि सम्भव छैन ।” उनले आम नागरिकमा बैंकसँग कारोवार गर्ने बानीको विकास गरी वित्तीय पहँुच विस्तार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वित्तीय साक्षरताले नै वित्तीय पहुँच बढ्ने धारणा राखे । डेभलपमेन्ट बैंकर्स एशोसिएशनका उपाध्यक्ष प्रकाश पौडेलले प्रदेशमा थप उद्यमीको सिर्जना गरी उत्पादनमा प्रदेश नं ५ अगाडि छ भन्ने सन्देश दिनु जरुरी रहेकोमा जोड दिए ।

वित्तीय जागरण ः राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहँुच बढाउन प्रदर्शनी आयोजना गरिएको बताए । बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहँुच बढाउने उद्देश्यले बुटवलको कालिका मानव ज्ञान माविको प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा बीमा र बैंकिङसम्बन्धी ४० वटा कक्ष रहेका संयोजक निर्दोषले जानकारी दिए । प्रदर्शनी शनिबारसम्म चल्ने छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij