संक्रमणकालीन न्याय : विधेयक मानव अधिकार मैत्री बनाउन जोड

संक्रमणकालीन न्याय : विधेयक मानव अधिकार मैत्री बनाउन जोड

संक्रमणकालीन न्यायलाइ सबैको साझा एजेण्डा बनाएर समयमै टुंगोमा पुर्याउनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ बर्ष स् संक्रमणकालिन न्याय अलपत्र’ शिर्षकमा आयोजना गरेकोे अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले संसदमा लगिएको बिधेयकलाइ पिडीत तथा मानवअधिकार मैत्री बनाउनुपर्ने उनीहरुको जोड छ ।

संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकार मैत्री बनाउन दबाब सिर्जना गर्नुपर्ने उनीहरुको तर्क छ ।पचष्कजलब उबजबमष्।वउनवुटवलमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुने गरि संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो ।

उहाँले संसदमा हालै प्रस्तुत संसोधन विधेयकमा संसोधन गरि मानव अधिकार मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थापक सभापति पहाडीले माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई “जनयुद्ध दिवस” भनि राष्ट्रिय दिवसका रुपमा लाद्नु मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको सर्वकालिन मान्यता विपरित भएको उल्लेख गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघीय मिसन “अनमिन”ले नै बाल सैन्य भनि प्रमाणित गरेका र अयोग्य घोषित गरेकाहरुलाई करोडौ रुपैँया आर्थिक सहयोग गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउनुभयो । पहाडीले नेपालको राजनीति आकाशमा बादलभित्र हराएको एयर जस्तो भएको टीप्पणी गर्नुभयो । संबिधानसभा सदस्य भरत शाहले प्रधानमन्त्री प्रचण्डकै पहलमा संक्रमणकालीन न्यायलाइ टुंगोमा पुर्याउनुपर्ने बताउनुभयो ।

शाहले यो सबैको एजेण्डा र चासोको बिषय भएकाले दुबैपक्षले सर्तकतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । रुपन्देही शाखा सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दण्डहीनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही शान्ति समाजको अभियान निरन्तर रहेको बताउनुभयो ।दजबचबत कबजब।वउन
एकीकृत नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले युद्ध क्रान्ति बिना परिवर्तन नभएको भन्दै टिआरसि अल्झाउनु हुदैन,दुबै पक्षको बिजयी भएको अनुभुति भएको हुनुपर्ने बताउनुभयो ।

यो बेला तित्तता गर्ने बेला नभएको उहाँको भनाइ छ ।सो अबसरमा नेकपा केन्द्रीय सदस्य शरद वलीले जनयुद्ध युगान्तकारी कदम भएको र जनयुद्धको अबमुल्यन नगर्न आग्रह गर्नुभयो । सो अबसरमा नेपाली कांग्रेस प्रदेश सभा सदस्य जमुना ढकालले कांग्रेसकै पहलमा नेपालमा शान्ति प्रकृया शुरु भएको स्मरण गर्नुभयो ।

सो अबसरमा नेपाली कांग्रेस रूपन्देही सभापति रामकृष्ण खांण,राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईं, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली,समाजका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य फुलु सुनारले संस्थाको अवधारणा पत्र प्रस्तुत गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा शान्ति समाजद्वारा तयार गरिएको ६ पृष्ठको अवधारणापत्र प्रस्तुत गरिएको थियो ।

अवधारणापत्रमा लोकतन्त्र र शान्तिका खातिर १० बुँदे सुझाव शिघ्र अवलम्वन गर्न सरकार, प्रमुख राजनीति दलहरु लगायत सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij