आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै

आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो।

अटिजमको बारेमा सचेतना जगाउने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै यो दिवस मनाइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ।

सोसाइटीका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रित व्यवहार देखाउँछन् । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्छ ।

बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्ने हुन्छ । अटिजम केयर नेपाल सोसाइटीका अनुसार अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ।

प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij