काठमाण्डाै – आउँदो वैशाख १० गते हुने उपचुनावमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उपचुनावमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उहाँको भनाइ छ । सबै राजनीतिक दलको ध्यान उपचुनावमा हुने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी रहेको उहाँले बताउनुभयो । सबै मतदानस्थलमा वैशाख ७ गतेभित्र नै सुरक्षाकर्मी पुगिसक्ने उहाँले बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, १० गते बारा २ र तनहुँ १ मा पनि उपचुनाव हुँदैछ।
प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्