काठमाण्डाै – पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय एक रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् ।
यस्तै काठमाण्डाै उपत्यकामा रहेका सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्