काठमाण्डाै – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म छ ।
मौसम धुम्म भए पनि अबका तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौमा उच्चतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
आज दिउँसोपख पहाडी केही क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा र अरु बाँकी पहाडी एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली नै रहनेछ । भोलि र पर्सि तराई क्षेत्रका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्