रुपन्देही सुनचाँदी व्यवसायी संघको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान

रुपन्देही सुनचाँदी व्यवसायी संघको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान

बुटवल-रुपन्देही सुनचाँदी व्यवसायी संघले नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच नेपाल सुनचाँदी व्यवसायी महासंघका केद्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा,महासंघका केद्रिय सदस्य एम बि विश्वकर्मा संघका अध्यक्ष रामकिसन विश्वकर्मा ले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

शुभकामना आदान प्रदान एवम भित्तेपात्रोको विमोचन कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केद्रिय उपाध्यक्ष जोगलाल विश्वकर्माले सबै व्यवसायीहरुमा नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनहरुमा पनि यो क्षेत्रमा लागेका व्यवसायीहरुको अझ प्रगतिको कामना गरे । उनले वर्तमान अवस्थामा व्यवसायीहरुले विभिन्न समस्याहरु भोग्नु परेको बताउदै व्यवसायीहरुको अभिभावक भएकाले महासंघ व्यवसायीहरुको सुख,दुःखमा साथमा रहने बताए ।

संघका अध्यक्ष रामकिसन विश्वकर्मा ले संघले गरेका कार्यहरुको बारेमा विस्तृत जानकारी सहित नयाँ वर्षको शुभकामना दिदैं व्यवसायीको हकहितका लागी संघ सदैव साथमा रहेको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा महासंघका केद्रिय सदस्य एम बि विश्वकर्मा, सैनामैना सुनचँदादी व्यवसायी संघका सल्लाहकार सुरज बराल,देवदह सुनचँदादी व्यवसायी संघका सल्लाहकार तिलक बिक,तिलोत्तमा सुनचँदादी व्यवसायी संघका अध्यक्ष कृष्णलाल रसाइली ,लुम्बिनी सुनचाँदी व्यवसायी संघ अध्यक्ष व्रिजेस कुमार वर्मा लगायतले नयाँ वर्ष २०८० सालको शुभकामना व्यक्त गरे लुम्बिनी कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष व्रिजेस कुमार वर्मा सदस्य लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष यशरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष किसोर सेन्चुरी,दितिय उपाध्यक्ष ,गोपाल रामदाम कोषाध्यक्ष मनोज सेन्चुरी,सदस्य राजन रसाईली, बिना सुनार लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव सिताराम रसाइली ले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij