काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।
तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्