कोरोना सङ्क्रमणका कारण २ जनाको ज्यान गयो

कोरोना सङ्क्रमणका कारण २ जनाको ज्यान गयो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८५ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij