आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं – सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले हरेक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ।

 

प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij