उच्च अदालतको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम स्थगित

उच्च अदालतको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम स्थगित

पाल्पा – तानसेन नगरपालिकाले हिजो बुधवारदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।

पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने काम रोकेको हो । दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने काम सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने काम तत्कालका लागि स्थगित गरिएको छ ।

तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले त्याे समयपछि अहिलेलाई संरचना भत्काउने काम स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा अदालतको पत्रपछि अहिलेलाई भत्काउने काम राेकिएकाे हाे ।

प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij