उपनिर्वाचन : मौन अवधि सुरु

उपनिर्वाचन : मौन अवधि सुरु

काठमाडौं : आइतवार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएरातिदेखि लागू भएको मौन अवधि आइतबार मतदान प्रक्रिया नसकिएसम्म रहने छ ।

 

मौन अवधिभर कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न निषेध गरिएको छ। यस्तै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।

साथै निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रचार–प्रसारजस्ता कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई अपिल पनि गरेको छ । तीन क्षेत्रमा मात्रै चुनाव हुने भएपनि आचारसंहिता देशैभर लागू हुने आयोगले जनाएको छ।

वैशामख १० गते आइतवार चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँँदैछ।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij