अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्छाै : अध्यक्ष श्रेष्ठ

अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गर्छाै : अध्यक्ष श्रेष्ठ

बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नवनियुक्त अजयमान श्रेष्ठले अस्पतालको विकास र सुधारको लागि अल्पकालिन र मध्यकालिन योजना बनाएर अघि बढ्ने बताएका छन् ।

तत्काल सय दिनको योजना बनाएर अस्पतालमा सुधारको काम थालनी गर्ने बताउदै उनले त्यसछि मध्यकालिन योजना बनाएर अघि बढ्ने बताए ।

आईतबार लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षको पदभार ग्रहण गर्दैै श्रेष्ठले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर कामगर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अस्पतालको रात्रिकालिन सेवामा बेथिती रहेको दाबी गर्दै उनले मुस्कान सहितको सेवा प्रदान गर्न चिकित्सकहरुलाई शुझाब दिए ।
अस्पतालको सेवामा सुधार नभए जनता अब चुप लागेर नबस्ने बताउँदै उनले आ–आफ्नो जिम्मेवारी मुस्कान सहितको सेवा प्रवाह गर्न आग्रह गरे ।
उनले अस्पताललाई १२ सय बेडमा स्तरोन्नती गर्ने टेण्डर प्रक्रियामा देखिएको समस्याको सामाधानको लागि पहल गर्ने बताए । पारदर्शिता, जवाफदेहिता र जिम्मेवार भएर काम गर्न पनि चिकित्सक तथा कर्मचारीहरुलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिंदै विरामीमैत्री व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।

उनले प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको बताइन् ।
अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथिगर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाँब दिए ।

उनले अप्रेशनका लागि ६ महिना कुर्नुपर्ने वाध्यता अन्त्यगर्न, वन कार्यालयको जग्गा अस्पतालको स्वामित्वमा आएकोले त्यसको उचित संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समय सम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभावक विहीन बनेको भन्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका नवनिवाचित केन्द्रीय सदस्य उज्ज्वल कसजू, डाक्टर श्रीधर आचार्य,नर्सिङ प्रमुख ज्योति पौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिटै परिवर्तनको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बुटवलका अजयमान श्रेष्ठ र सदस्यमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij