सिम्रिक एअर दुर्घटनामा पाइलटसहित ५ जना घाइते

सिम्रिक एअर दुर्घटनामा पाइलटसहित ५ जना घाइते

काठमाण्डौ – सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ मा भएको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पाइलट र को पाइलटसहित ५ जना घाइते भएका छन् ।

आज दिउँसो भएको दुर्घटनामा पाइलट, को पाइलट, छिरिङ भोटे, सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा आगो लागेको छैन ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij