मन्त्रालयले विद्यालयलाई भन्यो – बाढी पहिरोबाट उच्च सतर्कता अपनाउनू

मन्त्रालयले विद्यालयलाई भन्यो – बाढी पहिरोबाट उच्च सतर्कता अपनाउनू

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसवर्ष हुने सम्भावित प्राकृतिक विपद् जोखिमबाट बच्न पूर्व सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

विकास केन्द्रले ७ वटै प्रदेश,सबै स्थानीय तह,शिक्षा विकास तथा समन्वय ईकाई,सामुदायिक र निजी विद्यालयलाई बाढि पहिरोबाट बच्न बेलैमा सचेत रहन आग्रह गरेको हो।

‘विगत वर्षहरूमा बेमौसमी समयमा हुने अत्यधिक वर्षाका कारण विद्यालयहरूमा विभिन्न खालका मानवीय एवं भौतिक क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि पर्न सक्ने वर्षाका कारण बाढी, पहिरो र डुवान जस्ता जोखिम रहन सक्ने हुँदा खोला नाला, ताल-तलौया,नदी,पोखरी नजिक रहेका वा गहिरो प्रकृतिको जमिन खोंचमा अवस्थित विद्यालयहरूमा पानीको सतह बढेर शैक्षिक,भौतिक संरचनामा क्षति पुग्न सक्छ,’विकास केन्द्रले भनेको छ।

अफिस तथा कक्षाकोठा भित्रका कार्पेट, पुस्तक, पत्र-पत्रिका, स्टेस्नरी लगायतका शैक्षिक सामग्रीहरूमा क्षति हुनुका साथै कक्षाकोठा, भवन, खेलमैदान, घेरावार, शौचालय, खानेपानी लगायतका भौतिक संरचनामा क्षति पुग्न सक्ने संभावना रहेकाले यस प्रकृतिको जोखिम कायम रहेका ठाउँका विद्यालयहरूमा पूर्व सावधानी अपनाउन विकास केन्द्रले आग्रह गरेको छ।

विकास केन्द्रले प्रदेश र स्थानीय तह र जिल्ला मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कुनै कारण बश क्षति हुन पुगेमा सो को विवरण यथा शिघ्र यस केन्द्रमा पठाउनु भनेको छ।

यस वर्ष जेठ १८ देखि असोज १४ गते सम्म वर्षायामको समय रहनुका साथै कोशी प्रदेशको मध्य र उत्तरी भू-भाग, बागमती प्रदेशको दक्षिण पूर्वी भू-भाग र मधेस प्रदेशका अधिकांश भू-भागमा सामान्य वर्षा र मुलुकका अन्य स्थानमा औषत भन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस्तै,तराइ क्षेत्रहरूमा गर्मी बढ्ने, डेंगु, औलो जस्ता लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने र मौसमी फ्लू, झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरूको संक्रमण बढ्न सक्ने अनुमान गरिएकाले यसबाट पनि बच्न मन्त्रालयले अनुरोध गरेको छ।

‘विद्यालय परिसर सफा राख्नुका साथै लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन र लामखुट्टेको वृद्धि तथा विस्तार रोक्नु पर्ने आवश्यकता रहेको छ, साथै अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई कक्षा कोठा भित्र बस्न गाह्रो हुने र शिक्षण सिकाइमा बाधा पुग्न सक्ने हुनाले अनुकूल वातावरणमा सिकाई निरन्तरताका लागी उचित स्रोतसाधनको प्रबन्ध मिलाउनु हुन अनुरोध छ,’विकास केन्द्रले भनेको छ।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij