लुम्बिनी सरकारले पत्रकारको दुर्घटना बीमा गरिदिने

लुम्बिनी सरकारले पत्रकारको दुर्घटना बीमा गरिदिने

दाङ : लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने बताएका छन्।

 

लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा गरेको छलफलमा लुम्बिनी सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए।

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको दावी गरे। ‘नवीकरण नहुँदा दुर्घटना बीमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुङ्गिन्छ,’ उनले भने।

पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने भन्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने पनि बताए।

उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानुन नबनेको भन्दै आवश्यक ऐन, नियम बनाउने कार्यलाई छिटो पूर्णता दिने बताए।

“ऐन, नियम बनेमा सञ्चार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारसँग सहकार्य गरी सल्लाह सुझाव लिएर मैले काम गर्नेछु, प्रदेश सरकारले काम गर्नेछ,’ मन्त्री पाण्डेयले भने।

उनले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र सञ्चार जगत्लाई विकास गर्न सरकार कटिबद्ध रहेको बताए।

मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताए। स्थानीय उत्पादनलाई ‘ब्राण्डिङ’ गरेमा बजार चलायमान हुने उद्दको भनाइ छ । मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ सरकार लागिपरेको बताए।

प्रकाशित मिति : बुधबार, जेष्ठ १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij