डिल्लीमाया मेमोरियल स्तन क्यान्सर फाउन्डेसन द्धारा रुकुम मा निशुल्क स्तन क्यान्सर शिविर सम्पन्न

डिल्लीमाया मेमोरियल स्तन क्यान्सर फाउन्डेसन द्धारा रुकुम मा निशुल्क स्तन क्यान्सर शिविर सम्पन्न

 

 

डिल्लीमाया मेमोरियल स्तन क्यान्सर फाउन्डेसन द्धारा एक दिने निशुल्क स्तन क्यान्सर सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

रुकुम पुर्व भुमे गाउ पालिका काँक्री वडा नम्बर २ मा भुमे गाउ पालिका को सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

 

कार्यक्रम मा भुमे गाउ पालिका का प्रमुख होम प्रकाश श्रेष्ठ ले शिविर सचालन गरेर फाउन्डेशन ले सराहनिय कार्य गरेको भन्दै आगामी दिन मा यस्ता काम लाई निरन्तरता दिन आग्रह गर्नु भयो । श्रेष्ठ ले यस क्षेत्र मा बाटो घाटो को राम्रो विकास भए पनि स्वास्थ्य,शिक्षा जस्ता क्षेत्र मा अझै पनि जनता को पहुच पुुग्न नसकेको भन्दै फाउन्डेशन सग सहकार्य गर्न सकिने बताउनु भयो ।

गाउ पालिका का उप प्रमुख सविना बुढाले यस क्षेत्र का महिला हरु लाई विभिन्न स्वास्थ्य समस्या रहेको ले यस शिविर ले केही राहत पुुग्ने बताउनुु भयो ।

बुढा ले यस क्षेत्र का महिला हरु मा स्तन क्यान्सर , पाठेघर सम्बन्धी समस्याहरु रहेको हुदा शिविर लाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

कार्यक्रम मा डिल्लीमाया मेमोरियल बे्रस्ट क्यान्सर फाउन्डेसन का अध्यक्ष स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डे ले ग्रामीण क्षेत्र का जनताहरु लाई स्तन क्यान्सर सम्बन्धी जनचेतना जगाउने आफनो उद्धेश्य रहेको बताउनु भयो। अध्यक्ष डा.पाण्डे ले स्तन क्यान्सर भएका अति विपन्न बिरामी लाई निशुल्क केमो, थेरापी,शल्यक्रिया , सेकाई गरिने बताउनु भयो। स्तन क्यान्सर का कारण कसैलाई उपचार मा अभाव नहोस भन्ने फाउन्डेसन को उद्धेश्य रहेको अध्यक्ष डा. पाण्डे ले बताउनु भयो ।

 

शिविरमा २ सय जना ले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा ३५ जना ले महिला तथा प्रसुुती सेवा ,५६ जना ले नाक कान घाँटी को सेवा, ७० जना ले हाड जोर्नी,तथा ३९ जना ले जनरल फिजीसियन को जाच गरेका थिए ।

शिविरमा ओजस हस्पीटल का सचालक हाड जोर्नी विशेषज्ञ डाक्टर आलोक पाण्डे,महिला तथा प्रसुुती रोग विशेषज्ञ डाक्टर दिपक पटेल,एनेस्थेसिया डाक्टर धिरज केशरी,नाक कान घाटी विशेषज्ञ, डाक्टर अनुज देवकोटा,महिला तथा प्रसुुती विशेषज्ञ डाक्टर केहल बिक्रम जिसी सहित को स्वास्थ्यकर्मी को टोली ले स्वास्थ्य परिक्षण गरेको थियो ।

शिविर मा २ सय जना महिलाहरु लाई फाउन्डेसन का अध्यक्ष स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले जनचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । शिविर मा १ सय ३३ जना महिला हरु को स्तन क्यान्सर को जाच गरिएको मा भुमे गाउ पालिका वडा नम्बर ३ की एक जना महिला मा स्तन क्यान्सर फेला परेको ले थप उपचार का लागी सम्बन्धीत अस्पताल जान डा. पाण्डे ले सल्लाह दिएको बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij