काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा तातो हावा बहने क्रम बढ्दै जाने जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार ‘लू’ पाँच दिनसम्म चल्ने अनुमान गरिएको छ ।
तराईका भूभाग लुम्बिनी र मधेश प्रदेशमा शुक्रबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो। यस्तै सिमरा गौर लगायतका क्षेत्रमा शनिबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जाने महाशाखाले जनाएको छ।
लूका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने आदि समस्या हुने महाशाखाले जनाएको छ। ’लु’ तथा गर्मीको समस्याबाट बच्न यो समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले सुझाव दिएको छ।
काठमाडौंमा पनि केही दिनयता गर्मी बढेको छ। काठमाडौं उपत्यकाको अधिकतम तापक्रम शुक्रबार ३२ डिग्री सेल्सियस मापन गरिएको थियो। शनिबार तापक्रम थप बढ्ने अनुमान महाशाखाले गरेको छ। मनसुन तत्काल भित्रिने सम्भावना नहुँदा गर्मीले तराई लगायत देशका अधिकांश भूभागको जनजीवन प्रभावित भएको छ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्