बुटवल । विहानको आठ बज्यो । आमा ईन्द्रकला रौतार चिच्याएर भनिन्, “रुपा कता हो, स्कुल जान तयार हुने बेला आयो ।” विहान बागेश्वरी संगितालयमा संगित सिकेर आइसकेकी उनी आमाको चिच्चाहट सुनेपछि रुम भित्र छिरिन । बुवा विष्णु प्रसाद रौतार भान्सा कोठाबाटै भने, “छिटो तयार गराउ है रुपालाई ।”
विहानको मौसम चिसो छ । विद्यालयमा जान तयार रहेका केटाकेटी त्यहि बाटो हुदै हिडेका छन । त्यतिन्जेल रुपा पनि तयार भएर निस्किसकेकी थिईन । आमाको सहयोगमा मुख्य राजमार्ग सम्म आएकी उनी स्कुल बस बाट विद्यालय पुग्छिन ।
प्राथना सकिन्छ । साथीहरु संगै प्राथना गरेपछि उनी कक्षा ८ कोठाभित्र छिर्छिन् । देव्रे साईडमा उनलाई छुटटै बस्ने स्थान राखिएको छ । साथी संगै बस्छिन, पढ्छिन, खाजा खान्छिन, अनि विद्यालय सकेपछि पुन घर फर्किन्छिन रुपा ।
रुपाको दैनिकी यहि हो । बुटवलको देविनगर स्थित सांग्रिला पथमा बस्दै आएकी रुपाको स्थायी घर कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ३ धनकौलीमा हो । छोरीको घटना भएपछि बुटवल बस्न थालेका उनीहरु अहिले यतै बस्छन् । कहिले काँही मात्र घरमा जान्छन् ।
१४ बर्ष विदेशी भूमिमा पसिना बगाएका रुपाका बुवा अहिले संगै छन् । छोरीको घटना हुँदा भने उनी विदेशमै थिए । रुपाको उपचार श्रीमती र बुवाको सहयोगमा भयो ।
०६२ सालदेखि नै विदेश गएका रुपाका बुवा विष्णु संग परिबारको संवादको माध्यम चिठठी थियो ।
अहिले जस्तो सञ्चार हात हातमा थिएन । कपिलबस्तुको ४ नं. मा रहेको होराईजनमा पढ्दै गरेकी रुपालाई घरमा लिने र आफन्त कहाँ चिठ्ठी पुराउने भन्दै “रुपाकी आमा ईन्द्रकला घरबाट निस्किईन । छोरीलाई स्कुलबाट ल्याएर आफन्तको चिठ्ठी दिन गएकी उनी आफन्त संग कुराकानी गर्दै गर्दा रुपा कसरी आँखा छलेर घरको दोस्रो तलामा पुगिन कसैलाई थाहै भएन ।
“एक्कासी आवाज आयो, हेर्दा कतै देखिएन, बाहिर गएर घरको माथी हेर्दा त छोरी करेन्ट लागेर टिनमा बझारिकी रैछ” आमा ईन्द्रकला भन्छिन् “टिनमा बझारिएपछि पनि उनी दाउरा राखेको स्थानमा खसिन, घाटीमा शरिरमा दाउरा समेत गडेको थियो ।”
हातमा दनदनी आगो मात्र बलेको देखेपछि आमा ईन्द्रकला र ससुरा मिलेर लुम्बिनी अञ्चल अस्पताल लगे, त्यहाँबाट रुपालाई टिचिङ अस्पताल लगियो । त्यहाँ पनि नभएपछि उनलाई कान्ति बाल अस्पतालमा लगियो । ६ दिन सम्म डाक्टरले रुपालाई उपचार गरिरहे ।
हातको मासु कुहिन थाल्यो । हड्डी धेरै जलेका मासु पलाउन सम्भव थिएन । त्यसैले उपचारको सातौ दिनमा रुपाका दुवै हात काटियो ।
”थाहा पाउँदा पछि हात थिएनन्, पट्टी बाधिएको थियो, डाक्टरले बचाउन यति गर्नुभएको होला भन्ने लाग्यो” रुपा भन्छिन् “डाक्टरले हात नकाटेको भए १५, १७ बर्षमै क्यान्सर हुन सक्ने भएकाले हात काट्नुभएको रे ।”
छोरीको उपचारमा काठमाडौंमै ११ महिना आमा ईन्द्रकलाले बिताईन । अस्पतालमा आउने सुभेच्छुकले त्यो बेला प्राधिकरणमा राहतका लागि अपिल गर्न बारम्बार भने ।
तर उनी छोरीलाई छाडेर हिड्न सकिनन् । आमा नदेख्दा रुपा अस्पतालको बेडबाट रुन्थिन । ईन्द्रकला त्यो बेला विद्युत प्राधिकरणमा राहतका लागि निबेदन दिन समेत पाईनन् ।

पछि निबेदन दिदा ढिला भइसकेको थियो । घटना घटेको ७ दिनमा निबेदन दिनुपर्ने हुन्छ । तर त्यसो भएन । बल्लतल्ल उनले प्राधिकरणबाट ९७ हजार रुपैया राहत पाईन । त्यतिन्जेल सम्म रुपाको ४ लाख रुपैया खर्च भइसकेको थियो ।
रुपा रौतार १६ बर्षकी भईन् र अहिले बुटवलको दिप बोडिङमा आठ कक्षामा पढ्छिन् । विद्यालयले उनलाई निशुल्क अध्ययान गराउँदै आएको छ भने संगितमा रुची राखेकी रुपा बागेश्वरी संगितालयमा पनि निशुल्क संगित सिक्दै छिन् ।
संगितमा रुची राख्ने रुपाको भर्खर मात्र हिम्मत भाकी छोरी गित एल्वम बजारमा आएको छ । “रुपाको संगितमा रुची छ, उनको क्षमता पनि छ, गत बर्ष देवदहमा भएको प्रदर्शनीमा आईडल पनि भईन ।”
रुपालाई संगित सिकाउँदै गरेको गुरु सुरेश सेञ्चुरी भन्छन् “रुपाको क्षमता अपरम्पार छ ।”
रुपाले खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन । मोबाईल पनि खुट्टैले चलाउछिन्। भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रुपा पढाईमा पनि तेज छिन् । “रुपाको पढाई राम्रो छ । संगित पनि उस्तै छ । विद्यालयले आवश्यक सहयोग गरेको छ ।” रुपा अध्ययन गर्ने विद्यालय दिप बोडिङका प्राचार्य टिकाराम न्यौपाने भने ।
प्रकाशित मिति : शुक्रबार, माघ २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्