स्वराेगार बन्न तिलोत्तमा नगरपालिकाकाे कुक तालिम

स्वराेगार बन्न तिलोत्तमा नगरपालिकाकाे कुक तालिम

 

तिलाेत्तमा -सानै उमेर देखि कुक पेसा मन पर्ने अस्मि खत्रिकाे सपना बल्ल पूरा हुन लागेकाे छ । उनकाे सपनालाइ दिगाे तथा सम्मानित राेजगारिलाइ सीप परियाेजनाले पूरा गर्न लागेकाे हाे । सानै उमेर देखि स्वराेजगार बन्ने सपना बाेकेकि अस्मि तिलाेत्तमा ६ कि स्थाइ बासिन्दा हुन । उनले अब केही गर्नु पर्छ भन्ने साेच बनाउदा बनाउदै फेसबुक मार्फत नगरपालिकाले प्रदान गर्ने कुक तालिमकाे बारेमा जानकारि पाइन र आबेदन भरिन। ” मेराे कुक बन्ने सपना पूरा हुदैछ अस्मिले खुशि मुद्दामा भनिन् कुक बन्न मलाई धेरैनै मन पर्छ यस्ताे अबसर मिलेकाे थियन मैले घरमा फुर्सदको समयमा पनि युटुवमा विभिन्न खाले भिडियोहरु हेर्ने गर्थे व्यवसाय गर्न धेरै लगानि लाग्ने भयकाले पहिला जागिर गर्ने पछि मात्र व्यवसाय गर्ने साेच उनकाे रहेकाे छ ” ।

यस्तै वैदेशिक राेजगारि बाट फर्किएका तिलाेत्तमा ७ का ओम प्रकाश सुवेदी ढेठ वर्ष साउदिमा बसे काेराेना महामारि पछि स्वदेश फर्कियका उनी फेसबुक बाट नगरपालिकाले दिन लागेका तालिमकाे बारेमा जानकारि पाए उनले आबेदन भरे र तालिमकाे लागि छनेट पनि भए । अहिले उनलाई नगरपालिकाले प्रदान गरेकाे तालिम लाभदायक लागेकाे छ । प्रयाेगात्मक र व्यावहारिक दुवै तरिकाले तलिम प्रदान गरिएकाेले आफुलाइ निकै प्रभावकारि रहेकाे बताए ।

पहिला नेपालमा र बाहिर छदा पनि कुनै न कुनै बाहानामा हाेटल तथा रेस्टुरेन्टमा काम गरिरहेकाले यसैमा आफुले आफ्नो भविस्य खाेजेकाे उनी बताउँछन् । ” अहिले आर्थिक मन्दिले बजार पिराेलि रहेकाे छ यसमा केही सहज भयाे भने देशमै केही व्यापार व्यवसाय गर्ने साेच उनकाे रहेकाे छ ।

तिलोत्तमा नगरपालिका नगर कार्यपालीकाको कार्यलय र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परीयोजना (चरण -दोस्रो ) को आर्थिक सहयोग हेल्भेटास नेपालकाे प्राविधिक सहयोगमा तिनाउ बहु प्राविधिक शिक्षालय प्रा.लि. बुटवल,रुपन्देही द्वारा याे तालिम संचालिन भैरहेकाे छ । दिगाे तथा सम्मानित राेजगारितालाई सीप परियाेजना स्विट्जरल्याण्ड सरकार मार्फत संघिय सरकार बाट आएकाे बजेट बाट सञ्चालित परियाेजना रहेकाे परियाेजना फाेकल पर्सन शारदा भट्टराईले बताईन ।

बैदेशिक राेजगारि बाट फर्कियका र सीप सिक्ने चाहाना भएका युवाहरुलाई तालिम प्रदान गरेकाे उनले बताइन् । याे परियाेजाना अन्तरगत तीन ओटा छुट्टाछुट्टै तालिमहरु सञ्चालन भैरहेका छन् । यसमा २०/२० जानकाे टाेलि रहेकाे छ ।कुक तालिम, आल्मुनियम फेबरिकेटर र पलम्बिनकाे तालिमहरु सञ्चालित भैरहेका छन् । जस मध्य कार्यगत अभ्यास सहितको १० महिने कुक तालीम तिलोत्तमा नगरपालिका वार्ड न ९ शन्खरापुर मा संचालन भैरहेको छ ।

तालिम दुई महिना अघि बाट संचालनमा आएकाे परियाे जनाले जनाएकाे छ । सामान्या कामकाे लागि पनि खाडि मुलुक जानु पर्ने बाध्यताकाे अन्त्य गर्न याे कार्यक्रम लागू गरिएकाे तिलाेत्तमा नगर पालिकाले जनाएकाे छ। “सकेसम्म खाडी मुलुक जान नपराेस गए पनि सीप सिकेर जादा कुन काममा जादैछु के कस्ताे सेवा सुविधा छ लगायतका सबै जानकारि आफुसंग हुने भयकाले वैदेशिक राेजगारिमा जानेहरुकाे लागि पनि याे कार्यक्रम फलदायी छ ” तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले भने उनले नगरपालिकाले आफ्नो पालिकामा बसाेबास गर्ने सबै स्वराेजगार भएकाे , आर्थिक रुपमा बलियाे भएकाे र काेहि जनता पनि सीप बाट बञ्चित नहुने गरि पालिकाले विभिन्न तालिमहरुकाे आयाेजना गरेका बताए ।

उनले समुह बनाएर आउने सीप सिक्न चाहेकाे युवाहरुलाई नगरपालिकाले जहिले पनि सीप मुलक तालिम उपलब्ध गराउन तयार रहेकाे बताए । पालिकाद्वरा सञ्चालित तालिममा १५ जना पुरुष र ५ जना महिला सहभागी भएका छन् । सहभागिहरुलाइ खाजा खर्च वापतकाे ७५ रुपैयाँ पनि उपलब्ध गराउने गरेकाे परियाेजनाले जनएकाे छ ।

प्रकाशित मिति : आइतबार, असार १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij