काठमाण्डौ । गोंगबुमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।
गए राति विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको छ । उनको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्