नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग, चामल जाेहाे गर्न विज्ञको सुझाव

नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग, चामल जाेहाे गर्न विज्ञको सुझाव

काठमाण्डाै – नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५/५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

गएको आर्थिक वर्षमा नेपालले ३७ अर्ब रुपैयाँको धान, चामल र कनिका आयात गरेको छ । नेपाल कृषिप्रधान देश भए पनि धान, चामलसहित खाद्यान्न आयात हुने गरेको छ । गएको बिहीवारदेखि भारतले बासमतीबाहेकका चामल निकासीमा रोक लगाएपछि यसको असर नेपालमा पनि पर्ने सम्भावना छ । कृषिविज्ञ हरिकृष्ण उप्रेतीका अनुसार तत्काल सरकारले कुटनीतिक तहमा छलफल गरी भारतसँग आग्रह गरेर सहजीकरण गर्नुपर्छ ।

नेपालले धानसँगै गहुँ, मकै, कोदो, फापर र अन्य नगदेबाली उत्पादनलाई जोड दिएर आयातको निर्भरतालाई घटाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । भारतले निकासीमा कडाइ गरेमा अरू देशबाट ल्याउन पहल गर्नुपर्ने, नेपालमा उत्पादन भएको धानबालीलाई किसानबाट न्यूनतम समर्थन मूल्यमा खरिद गरी माैज्दात राख्नुपर्ने, अवैधरूपमा हुने धानको निकासी रोक्नुपर्ने र चैते धान तथा अरू अन्नबालीको उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्नेमा विज्ञ उप्रेतीको जोड छ ।

पछिल्ला वर्ष नेपालीको भात खाने बानी बढ्दै गएकोले चामलको माग बढिरहेको छ । उपभोक्ताले खानेबानीमा परिर्वतन गर्नुपर्ने, चामलबाहेक अरू खाद्यवस्तु खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिलाई रोक्नुपर्नेमा विज्ञको जोड छ । यस्तै सरकारले मल–बिउलाई सहज बनाउने, बाँझो जग्गालाई उपयोग गर्ने र सिँचाइको क्षेत्र बढाउने हो भने धान उत्पादन बढाउन सकिने कृषिविज्ञले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij