काठमाडौं : नेकपा माओवादीले अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले संघीय मामिला तथा प्रशासनको जिम्मेवारी समालेका मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएसँगै माओवादी पदाधिकारी बैठक बसेको थियो।
प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने बताइए पनि प्रधानमन्त्री चितवनबाट फर्कन ढिलो भएकाले भोलि मात्रै हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
जनमत पार्टीलाई सरकारमा समावेश गराउने गरी प्रचण्डले माओवादीको भागमा रहेको मन्त्रालयका मन्त्रीलाई हटाएका हुन्।
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्