आजदेखि काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

आजदेखि काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

काठमाण्डाै – नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।

गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्काे  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे  पनि  भारतले उडान अनुमति दिएको  छैन ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij