एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेका छौः नेता पुन

एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेका छौः नेता पुन

बुटवल-नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र )का स्थायी कमिटी सदस्य एबं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले देशमा एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेको बताएका छन । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को बुटवल उपमहानगरपालिका वडानं ३ मा उद्घाटन गदै उनले एउटै वामपन्थी पार्टी बनाउने अभियानकै क्रममा समाजवादी मोर्चा निर्माण भएको तर्क गरे । उनले नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । उनले पार्टीका नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताए । नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेण्डा स्थापित भइसकेको बताउदै पार्टीमा रहेका कमिकमजोरी औल्याउदै सबै अटने माओवादी बनाउन देशभर जनतासंग माओवादी अभियान चलाइएको बताए । पुर्वमन्त्री समेत रहेका नेता पुनले बर्तमान सरकारले सुसासनको पक्षमा गरेका कार्यहरुको प्रसंशा गदै ति कार्यहरु जनतासंग पु–याउन नेता कार्यकर्तालाइ आग्रह गरे । उनले पार्टीको संगठन निर्माण र जनताका काम संगसगै गर्नुपर्ने तर्क समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिम नारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री,बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नया उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रबेश गरेका दर्जनौलाइ पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुनले टिका खादा लगाएर स्बागत गरेका गरेका थिए ।

 

प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij