सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसकाे माग

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसकाे माग

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आज बुधवार भएको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाण्डाैकाे ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूहमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij