बुटवल- बुटवलको रानिगंजमा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव एकै दिन शनिबार ५ हजार दर्शकले अवलोकन गरेका छन् । शिव टाउन यूथ क्लब बुटवल १७ का सचिव अनिल सुनारका अनुसार मेला उत्तराद्र्धमा पुगेको अवस्थामा शनिबार एकै दिन मेलाको अवलोकन गर्न ५ हजार बढी दर्शक पुगेका हुन् । उहाँकाअनुसार हालसम्म मेला २० हजार बढि दर्शकले अवलोकन गरेका छन् ।शनिबार सार्बजनिक बिदा भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति भएको सुनारले बताए ।
बुटवल १७ रानिगंजमा खेल मैदानमा जारी मेला असोज २३ सम्म सञ्चालन हुने महोत्सव ३० हजार भन्दा बढिले अवलोकन र ५० लाखको कारोबार को अपेक्षा गरिएको मेला व्यवस्थापक भीम खत्रीले बताए ।
आइतबार लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहितका कलाकारको प्रस्तुती रहने
“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव आज ९ औं दिन जारी छ ।
सास्कृतिक कार्यक्रम तर्फ आइतबार आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी, बिक्रमबाबु बिश्वकर्मा ,बसन्त ब्याण्ड ,एलिसा डान्स ग्रुप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने उद्घोषक बिकास भट्टराइले बताए ।
डान्स आइडलमा ८ जना ले प्रतिष्पर्धा गर्दै
प्रदर्शनी डान्स आइडल मा ७ औ स्थान हासिल गर्नको लागी ८ जना ले प्रतिष्पर्धा गर्दै छन् । आइडल को निर्णयकमा बिक्रम परियार ,बिश्वास थापा,स्विकृती कोइरला रहेका छन् । प्रतियोगिताको विजेताले १५ हजार उपविजेताले १० हजार र तृतिय स्थान प्राप्त गर्नेले रु ५ हजार प्राप्त गर्नेछन । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने छ ।
शनिबार मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका एलिना चौहान, बिधान कार्की ,कुसुम कार्कि लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।
अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको हो ।
प्रदर्शनीमा , रेष्टुरेन्ट, कृषि, हस्तकला, छालाजुत्ता, खाद्यान्न, कपडा लगायतका स्टल रहेका छन् ।मेलामा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको छ ।
प्रकाशित मिति : आइतबार, असोज २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्