शान्ति समाजको भद्र अवज्ञा, सिहंदरबार अगाडिबाट १६ गिरफ्तार

शान्ति समाजको भद्र अवज्ञा, सिहंदरबार अगाडिबाट १६ गिरफ्तार

काठमाडौं -मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २६ गते दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट) अगाडि विरोध प्रदर्शन गरेको छ ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउ, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पिडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरि नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, पिडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, महंगीले ढाड भाच्यो, नागरिकलाई राहत खोइ?, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानविन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानविन किन नगरेको?, सुन काण्डका नाइकेलाई कारबाही खोइ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति व्यक्त गर्दै शान्ति समाजले विभिन्न जिल्लामा समेत प्रदर्शन गरिरहेको छ । यस क्रममा शान्ति समाजको पाल्पा शाखाले असोज २१ गतेदेखि दिनहुँ प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij