काठमाडौं :गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै पराजित उम्मेदवारले नतिजा स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
अनलाइन मतदान ‘सिस्टम ह्याक’ गरिएको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठसहितले परिणाम स्वीकार नगर्ने बताएका हुन् ।
गएराति सम्पन्न मतदानबाट अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए। केसीले एक हजार ३७८ मत पाउँदा निकटतम प्रतिस्पर्धी आरके शर्माले एक हजार २८१ र अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले एक हजार २२५ मत ल्याए।
उम्मेदवारी फिर्ताको घोषणा गरेकी रविना थापाले पनि ४७ मत पाइन्। अध्यक्षमा पराजित महेश श्रेष्ठले पुन: निर्वाचनको माग गरेका हुन्। अध्यक्षका अर्का प्रत्यासी शर्माले पनि सिस्टम ह्याक गरिएको भन्दै अहिले निर्वाचित भनिएको कार्यसमितिले मान्यता नपाउने जिकिर गरे।
यस्तै उपाध्यक्षका उम्मेदवार केशव पौडेलको काठमाडौंमा भौतिक उपस्थितिमा गरिएको मतदानमा शून्य मत आएको भन्दै सिस्टम ह्याक गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
मतपरिणाम अनुसार उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्।
महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् । महासचिवमा गौरीराज जोशी दुई हजार ३७ मत ल्याएर निर्वाचित भए।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्