संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी

संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी

काठमाडौं :संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

 

 

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची  छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९  र तेस्रो वार्षिक प्रतिवेदन  २०७९/८०  पेश गर्ने कार्यसूची रहेको छ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि बर्खे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक यही अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको सरकार नै अधिवेशनको अन्त्यको तयारीमा लागेको हो।

आजको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने र अधिवेशन अन्त्य हुने सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : बिहिबार, कार्तिक १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij