भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो

काठमाण्डाै – जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३२ जना पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन् ।

भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij