कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ ।
बिहीबार दिउँसो १८ किलो सुनसहित १ जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।
बिहीबार पक्राउ परेका व्यक्तिको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका ११ का लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
बिहीबार १८ किलो सुनसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट एकजना पक्राउ परेका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्