काठमाण्डौ – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिनुभयो।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको उहाँले बताउनुभयो । बसमा रहेकामध्ये अरु ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका र केही घर फर्किएका उहाँले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्