JanataToday.com

Advertisment

SKIP THIS

भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि विशेष पहल गरिने

भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि विशेष पहल गरिने

काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

उनले भने, ‘भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।’

मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए ।

प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij