बुटवल -गुरूङ हुँ म मिसेज गुरूङ माङीकाे उपाधि माेतिपुरकी रिमा क्राेम्जाे गुरूङले हात पारेकी छन् । रूपन्देही जिल्लाभित्रका १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
तमु ह्युल छाेज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगरकाे अायाेजनामा भएकाे साे प्रतियोगितामा रामनगर बुटवलकी सम्झना गुरूङ फस्ट रनरअप भएकी छन् भने गाैमाया गुरूङ सेकेन्ड रनरअप हुन सफल भएकी छन् । साे प्रतियोगितामा रूपन्देही जिल्लाभित्रका २७ वटा इकाईबाट गुरूङ अामाहरूले प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख सावित्रा देवी अर्यालले गुरूङ दिदीबहिनीका लागि याे धेरै राम्रो कार्यक्रम भएकाे बताइन् । उनले यस्तो कार्यक्रमले हौसला बढाउने बताउँदै घरमा चुला चौका मात्र नभई हरेक काममा महिला दिदी बहिनीहरू तम्सिनु पर्ने बताइन् । अाफू सधै दिदीबहिनीकै साथमा रहेकाे बताउँदै एक अर्कामा छुटेर नभई जुटेर अगाडि बढ्नु पर्नेमा जाेड दिइन् । प्रमुख अतिथि अर्यालले नगरका हरेक समुदायकाे भाषा , कला , संस्कृति संरक्षणका लागि नगर सधै सकारात्मक रहेकाे बताउँदै यसका लागि बजेट पनि छुट्टयाएको प्रष्ट पारिन् ।
तमु ह्युल छाेज धि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रूपन्देहीकाे संरक्षकत्व रहेकाे प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरूले फाइनल राउन्डकाे लागि प्रतिष्पर्धा गरेका गरेका थिए ।
गत महिनादेखि सुरु भएकाे प्रतिष्पर्धाकाे फाइनल राउन्डमा निर्णायकहरू धनबहादुर गुरूङ , मनु गुरूङ र ठाकुर जंग गुरूङ रहेकाे परिषद्ले जनाएको छ ।
कार्यक्रममा परिषदका उपाध्यक्ष वीर बहादुर गुरूङले स्वागत गर्दै नेपाल भाैगाेलिक र सांस्कृतिक तरिकाले सम्पन्न भएकाे बताउँदै सबै जातजातिको अा अाफ्नै विशेषता र संस्कृति रहेकाे बताएका थिए ।
तमु ह्युल छाेज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति बुटवल रूपन्देही अध्यक्ष हुमा गुरूङकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे संयाेजन सुन्दर गुरूङले गरेका थिए ।
प्रकाशित मिति : सोमबार, पुष २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्