‘बालकुमारी घटना’को निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

‘बालकुमारी घटना’को निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

 

 

शनिबार बिहान गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीले यो घटनालाई आफूले पनि सूक्ष्म तरिकाले नियालिरहेको भन्दै छिटो छानबिन सक्न निर्देशन दिए। उनले घटना अप्रत्याशित र दुःखद् भएको प्रतिक्रिया दिए।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका प्रमुख लगायतले घटनाक्रम र पछिल्लो परिस्थिति बारे ब्रिफिङ गरे।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। यो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

गृह मन्त्रालयले  डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले शुक्रबार नै काम शुरु गरिसकेको छ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij