बुटवलमा सडक खाना महोत्सव सुरु

बुटवलमा सडक खाना महोत्सव सुरु

बुटवल । बुटवलमा सडा खाना महोत्सवको पाँचौ सृङ्खला सुरु भएको छ । कालिकापथ स्थित इट्टाभट्टी लाइनमा आयोजना गरिएको सडक खाना महोत्सवको होटल ब्यवसायी तथा संघीय संसदका सदस्य बासुदेव घिमिरेले उदघाटन गरे ।

नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० मा बिभिन्न आदीबासी जनजातीको जातिय परिकार सहित सांस्कृतिक र परम्परा झल्कने खानाहरु समावेश गरिएका छन् ।महोत्सवको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य घिमिरेले खाना महोत्सवको ईतिहास करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको बताए ।समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा यो प्रचलनको सुरुवात भएको उनले बताए । उनले पछिल्लो समय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको बताए ।

रुपन्देहीमा भएका विकासको गतिलाई हेरेर ७० अरब भन्दा बढी नीजि क्षेत्रको लगानी भएको तथ्याक पछिल्लोसमय देखिएको उनले बताए । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उनले दाबी गरे ।

कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले आफु खाना महोत्सवको बिरोधमा रहेको बताए । उनले कार्यक्रममा ल्याएर नेताहरुलाई खाना खुवाएर विकास नहुने बताउँदै विकासका लागि टेबलमा बस्नु पर्ने बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए ।

उनले भारतीय पर्यटकलाई नेपालको सुरक्षा निमायले दुःख दिने गरेको बताउँदै सिमा नाकामा बाहेक गल्लीगल्लीमा टर्च लाईट बालेर चेकजाँच गर्ने परम्परा बन्द गर्न माग गरे । सुरक्षा निकायको भँझटका कारण भारतबाट आउने पर्यटक दोहोरयाएर नआउने गरेको उनको दाबी छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए । बुटवल पीपी मोडलको नमुना शहर भएको दाबी गर्दै सरकारले गरेको जत्रो लगानीमा पनि बुटवलबासी आधा लगानी गर्न तयार रहेको बताए । उनले बुटवललाई जनताले धानेको शहरको संज्ञा दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए । सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले बताए ।

यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरी नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए । यसैगरी समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए ।

प्रकाशित मिति : आइतबार, पुष १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij