मेलामा केवलकार सरर

मेलामा केवलकार सरर

बुटवल-प्रत्येक वर्ष सञ्चालन हुने बुटवलकाे मेलामा नयाँ नयाँ विषयहरूलाई समावेश गरिएकाे छ । यसपालीकाे मेलामा पनि धेरै नयाँ र फरक किसिमका स्टलहरू राखिएका छन् । स्टेसनरी , अाईटि तथा सेवामूलक प्याभिलियन अन्तर्गत मेलाकाे प्रवेशद्वारमा नै लुम्बिनी केवलकारकाे स्टल राखिएकाे छ । मेलामा पुग्ने जाे काेहिलाई पनि केबलकारकाे बारेमा विस्तृत जानकारी दिन कम्पनीका कर्मचारी त्यहाँ खटिएका छन् । हरेेक दिन लुम्बिनी केवलकारमा अवलाेकन गर्नेकाे संख्या बढिरहेेकाे कम्पनीका कर्मचारी बताउँछन् । केवलकार अवलोकन गर्नेकाे संख्या बढाउनकै लागि प्रचारप्रसारमा कर्मचारीहरू तल्लीन छन् । रूपन्देही व्यापार संघकाे अायाेजनामा सञ्चालन भएकाे लुम्बिनी एक्सपाे २०८० (अन्तर्राष्ट्रिय व्यापार मेला ) मा स्टल नम्बर १३ र १४ मा कम्पनीका सुरक्षा प्रमुख देव बहादुर चन्द र टिकेटिङ ( क्यासियर) की सीता पाैडेल तन्दुरुस्तीका साथ स्टलमा खटिएका छन् । करिब ३० वर्ष नेपाल प्रहरीमा रहेर सेवा गरेका चन्द विगत एकवर्ष यता साेही कम्पनीमा सुरक्षा प्रमुखकाे जिम्मेवारी समालेका हुन । भने सीताले सात महिनादेखि लुम्बिनी केबलकारकाे कर्मचारीकाे रूपमा काम गर्दै अाईरहेका छन् । यहाँ पालैपालो कर्मचारीहरू खटिने गरेका छन् । चिटिक्क सामान मिलाएर राखिएका स्टलहरूमा अाँखा दाैडाउने अवलोकनकर्तालाई झट्टै त्यसता स्टलहरूमा राेकिन सकस पर्छ । तर पनि दर्शकलाई बाेलाएरै भए पनि लुम्बिनी केवलकारकाे बारेमा उनीहरूले जानकारी दिइरहेका छन् । दर्शकहरूका लागि विभिन्न समयमा विभिन्न अफर गरेकाे लुम्बिनी केवलकारले यसपाली मेला अवधिभर चारवटा टिकटकाे खरिदमा एउटा टिकट नि: शुल्क गरेकाे छ । दैनिक ३० वटा टिकट मेलाकाे स्टलबाट बिक्री गरेकाे सुरक्षा प्रमख चन्दले बताए । भने दैनिक ३००० जनालाई केबलकारकाे बारेमा जानकारी दिइरहेकाे चन्दकाे भनाइ छ । अर्को महत्त्वपूर्ण कुरा के छ भने यस कम्पनीले अब छिट्टै नै अन्य तिन स्थानमा केबलकार सञ्चालनकाे तयारी थालेकाे छ । बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको केवलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केवलकारको टप स्टेशनमा कामाख्यादेवीको आकर्षक मन्दिर , दुर्गा मन्दिरजस्ता धार्मिक संरचनाहरु , जिपलाइन , क्याफे बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ज्येष्ठ २५ गते बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आईएमई समूहको लगानीमा बनेको बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म २.६ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । भने यसअघि नै २.४ किलोमिटरकाे चन्द्रागिरी र १.२ किलोमिटरको माैलाकालिका केबलकार सञ्चालनमा अाइसकेका छन् । अब छिट्टै नै ३.१ किमिकाे जल्पादेवी , ६.४ किमिकाे सिकलेस र २.५ किमिकाे पाथिभरा केबलकार सञ्चालनकाे तयारीमा रहेकाे कम्पनीले बताएको छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेका छन् । पुस १८ गतेसम्म सञ्चालन हुने एक्सपोमा ५ ओटा विद्युतीय सवारीसाधन , २ वटा इन्धन , अटोमोवाइल ७ , गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१ , होटेल तथा रेष्टुरेन्टका २३, कृषिका ४० , अन्तर्राष्ट्रिय १०, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल , बैंक तथा वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८ , सूचना प्रविधि , इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६ , आइसक्रिम र वेकरीका १८ , औषधिजन्य ६६ स्टल , स्टेशनरी तथा स्पोर्टसका ८ श्रृंगार उपहार तथा खेलौनाका ५२ , ब्याग र जुत्ता चप्पलका ६८ र फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३ स्टल रहेका छन् । मेलाको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : आइतबार, पुष १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij