सरकारले संघीयता सम्बन्धी कानून तत्काल निर्माण गरोस् : नेपाली काँग्रेस

सरकारले संघीयता सम्बन्धी कानून तत्काल निर्माण गरोस् : नेपाली काँग्रेस

काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरू तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ।

 

 

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले संघीयता कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बद्ध संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।

आइतवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयता सम्बन्धी ऐनहरू तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिए।

उनले भने, ‘संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि संघीयता कार्यान्वयनसम्बन्धी कानून निर्माण हुन सकेका छैनन्। संविधान कार्यान्वयन तथा प्रदेश सरकारका क्षेत्राधिकारसँग जोडिएका आवश्यक कानूनहरू अझै बन्न नसक्दा यसले तीनवटै तहका सरकार सञ्चालनमा असहज भएको छ। संघीयतासँग ऐन रहेका अविलम्ब पारित गर्न यो बैठक सरकारसँग माग गर्दछ।’

काँग्रेसले संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानून निर्माणमा ढिलाइ गर्न नहुने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : आइतबार, पुष १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij