बुटवल मेला: सुपा गाेल्ड चियामा दर्शकहरूकाे भीड

बुटवल मेला: सुपा गाेल्ड चियामा दर्शकहरूकाे भीड

 

बुटवलमा सञ्चालन भएकाे मेलामा दर्शकहरूकाे भीडभाड बढेसँगै सुपा गाेल्ड चियाकाे काराेबार पनि बढिरहेकाे छ । रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाकाे स्टल नम्बर २३२ मा रहेकाे सुपा चियाकाे प्रत्येक दिनकाे चहलपहलसँगै व्यापार बढेकाे उद्याेगका सञ्चालकहरूले बताएका छन् । तिलाेत्तमा नगरपालिकाल ६ मा रहेकाे सगरमाथामा एग्राे इण्ड्रष्ट्रिज प्रालीले विभिन्न साइजमा चियाका पाउच उत्पादन गरिरहेकाे छ ।

चार वर्षअघि स्थापना भएकाे उद्याेगले विभिन्न तीन प्रकारका चिया बजारमा ल्याएकाे छ । सुपा गाेल्ड मसला चिया , ग्रिन र सादा गरि हालकाे लागि यिनै तिन प्रकारका चिया बजारमा ल्याएकाे हाे । चियाका पारखीहरूकाे सहजताका लागि १३ ग्रामदेखि २५ ,५० , १०० , २०० , २५० ५०० र १००० ग्रामसम्मका पाउँचमा सुपा गाेल्ड चियालाई बजारमा पुर्याएकाे छ ।  चियाकाे चुस्कीमा मीठाे स्वादले भरिपूर्ण सुपा गाेल्ड चिया मेलाबाट ५० किलाेदेखि ६० किलोसम्म दैनिकरूपमा बिक्रीवितरण भैरहेकाे कम्पनीका अध्यक्ष विवेक शर्माले जानकारी दिए । यसैगरी मेला अवधिभर चियाकाे खरिदमा उद्योगले विभिन्न अफरहरू समेत दिएकाे छ । यसरी दैनिक ३०  हजारदेखि छत्तीस हजारसम्मकाे काराेबार गरेकाे उनले बताए ।भने मेला अवधिभर ५ लाख ७० हजारदेखि ७ लाखसम्मकाे कारेबार हुने अनुमान छ । यसैगरी दैनिक करिब २००० जनाले सुपा चियाकाे बारेमा जानकारी लिइरहेकाे उनले जाेड दिए ।
८ जनालाई कम्पनीमा प्रत्यक्ष राेजमारी दिएको उद्योगले  नेपालका विभिन्न ठाउँमा अाफ्नाे उत्पादन पुर्याएकाे उद्योग सञ्चालक यमलाल अर्यालकाे भनाइ छ । रूपन्देहीसँगै अर्घाखाँची , गुल्मी , सुर्खेत , महेन्द्रनगर , बाग्लुङ  , पाल्पालगायत  धेरै ठाउँमा चिया पुगेकाे उद्योगको दावी छ । तर बजारमा भने पर्याप्त मात्रामा चिया पाउन नसकिएको तिलाेत्तमा नगरपालिका ६ कि अञ्जना अर्यालले बताइन् । स्थानीयस्तरमा उत्पादनमा भएकाे याे सुपा चिया स्वादमा भने एकदमै फरक र मिठाे भएकाे उनले बताइन् । याे चिया पिउनेले मात्रै यसकाे स्वाद फरक पाउने उनी बताउँछिन् । पसलहरूमा चिया पुगे पनि यसकाे विक्रिवितरणमा भने पसलेहरूले कन्जुस्याइँ गरेकाे अाफूले पाएकाे उद्योगका कृष्णप्रसाद पाण्डेले बताए । उनी भन्छन् ” पसलमा चिया नपुगेको हाेइन पसलेको स्वार्थ लुकेको पाएँ । ग्राहकहरूले सुपा चिया माग्दा छैन भन्ने गरेकाे भेटियाे ।”
प्रयास गर्दै जाँदा सफल अवस्य भइन्छ भन्ने साेँच रहेका पाण्डे भन्छन् ” पहिलाे दिन स्याम्पल टेस्ट गर्ने अग्रजहरुले पनि मेलाबाट फेरि मागेर लैजानुभएकाे छ। ”

त्यसैगरी चियाकाे स्वाद मिठाे र फरक रहेकाे तिलाेत्तमा ३ कि विष्णु अधिकारीले बताइन् । उनले पनि यस सुपा चिया पसलमा पाउन गाह्रो भएकाे गुनासाे गरिन् । उनी भन्छिन् ” उत्पादन राम्रो छ । तर बजारमा प्रशस्त पाइने हुनु पर्याे । ”
अन्य ठाउँका मेलामा स्टल नराखेकाे तर बुटवलकाे मेलाबाट भने सन्तुष्ट रहेकाे उद्याेगका माधव पाण्डे र तिलक मल्लले बताए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा यही पाैष ५ गतेबाट सुरू भएकाे व्यापार यही पाैष १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : मंगलबार, पुष १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij