बुटवल-रुपन्देहीको बुटवलमा बसले ठक्कर दिंदा साईकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
मंगलबार दिउंसो ३ वजेतिर बुटवलको मिलनचोकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी साईकलयात्री एक जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो ।
ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको टाउको क्षतविक्षत भएको थियो । दुर्घटना घटनास्थलमै मृत्यु भएका ति पुरुषको परिचय नखुलेको प्रहरीले बताएको छ ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ । प्रहरकिा अनुसार मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्