गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको संयुक्त अपिल

गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको संयुक्त अपिल

काठमाडौं : माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन सत्तारुढ गठबन्धनका र्शीष नेताहरुले आज संयुक्त अपिल गरेका छन्।

 

 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गरेको बताए।

उनले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताए।

अपिलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार र एमाले र राप्रपा छुट्टाछुट्टै उठेका छन्। १९ सिटको लागि हुने निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी कायम रहेको छ।

प्रकाशित मिति : आइतबार, पुष २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij