बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा १५ दिने कफी र वेटर तालिम शुरु भएको छ । साेमबार वडा कार्यालयकाे कवर्ड हलमा भएको कार्यक्रममा वाड अध्यक्ष बल बहादुर पुनले ब्यानर पढेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उनले वडा नं १० मा रहेका युवायुवतीहरुलाई केही सीप सिकाएर दक्ष र अब्बल बनाउन सकेमा युवायुवतीहरुले स्वदेशमै रोजगारीकाे अवसर पाउने बताए ।
कार्यक्रममा वडा १० का सदस्य रमेश प्रसाद अधिकारीले धेरै युवाहरू विदेशिन बाध्य भएकाे अवस्थामा युवाहरुलाई यस्तै किसिमका तालिमहरु दिएर देशमै स्वरोजगार बनाउन सकिनेमा जाेड दिए ।
वर्ल्ड स्कूल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रालिका सञ्चालक विशाल श्रेष्ठले १२ वर्षकाे अवधिमा धेरैलाई तालिम दिइएको बताए । उनले बारिस्टा, बेकरी, बारटेन्डिङ हाउसकिपीङ ,कुकिङ मिक्सोलो जी , जस्ता कोर्सहरु सिकेर आत्मनिर्भर बन्न आह्वान गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १० का सदस्य यमुना काउचा, मिन सारु , रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल , समाजसेवी बुद्धिजीवी हुम प्रसाद अधिकारी, डिल्लीराज अर्याललगायतको सहभागिता रहको थियो।
वाड सदस्य रमेश प्रसाद अधिकारीकाे अध्यक्षतामा र संयोजनमा रहेको कार्यक्रमकाे सञ्चालन सचिव गणेश प्रसाद न्यौपानेले गरेका थिए ।
प्रकाशित मिति : सोमबार, माघ ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्