गुमेको सिंहासनमा फर्किन सिंहकाे संगत गर्नुपर्छ :प्रसाईं

गुमेको सिंहासनमा फर्किन सिंहकाे संगत गर्नुपर्छ :प्रसाईं

बुटवल

राष्ट्र राष्ट्रियता धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले स्यालकाे संगत गरेर सिंहासनमा फर्कने सपना नदेख्न पुर्व राजा ज्ञानेन्द्रलाई सुझाव दिएका छन् ।

 

मंगलबार बुटवलमा आयाेजित अभियानको लुम्बिनी अञ्चल भेलालाई सम्बाेधन गर्दै उनलेे गुमेको सिंहासनमा फर्किन बाघको संगत गर्नुपर्ने बताएका हुन् ।

 

राजसंस्था र राष्ट्रवादकाे बिषयमा राप्रपाकाे दाेहाेराे चरित्र देखाएको आराेप लगाउदै टेस्टड भइरहेका नेतृत्वको शक्तिको आडमा राजतन्त्र नफर्कने दाबी गरे ।

 

`सीमामा बसेर टेस्टेड भइसकेका ब्यक्तिहरूलाई भेटदैमा गुमेको सिंहासनमा फर्किन सम्भव छ‌ैन । सिंहासनमा फर्कने हो भने बाघको संगत गर्नुपर्छ स्यालकाे संगत गरेर त्यो सम्भव छैन ।´-उनलेे भने ।

 

राप्रपा एमालेका भातृ संगठन जस्तो भएको आराेप लगाउदै उनलेे राष्ट्र प्रति माया छ भने संसदबाट राजिनामा दिएर दुर्गा प्रसाईंकाे अभियानमा लामवद्व हुन राप्रपा नेताहरूलाई आह्वान गरे ।

 

अभियानले फागुन १ गतेदेखि दाेस्राे चरणको आन्दोलन गर्ने जनाउँदै प्रसाईंले काठमाडौमा हुने साे कार्यक्रममा बत्ती बालेर सुरुवात गरिदिन पनि पुर्व राजा ज्ञानेन्द्रलाई आग्रह गरे ।

 

एमालेकाे पालामा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै उनलेे सहकारी र बैंक जहा पनि एमालेकाे संलग्नता रहेको आराेप लगाए ।

टाइटानिक पनि गलत ठाउँमा ठाेक्किदा डुबेको स्मरण गर्दै उनलेे दुर्गा प्रसाईंकाे अभियानसँग नठाेक्किन युवा संघलाई चेतावनी दिए ।

आफुहरूकाे अभियान मुक्ति आन्दोलन भएको बताउदै उनलेे आन्दोलन सफल हुदाकाे अर्को दिन बैंकमा रहेका जग्गा धनी प्रमाण पुर्जा सम्बन्धित ब्यक्तिलाई फिर्ता गर्ने आश्वासन दिए ।

देशका ठूला बैंकहरू सिमित माडवारीकाे कब्जामा रहेको भन्दै उनलेे दलका नेताहरू तिनका दलाल भएको आराेप लगाए ।

नेपाली पढ्न नजान्ने सिधा साधा नेपालीलाई अंग्रेजीमा लेखिएको कागजमा सहि गराएर बैंक तथा वित्तीय संस्थाहरूले जनताको घर जग्गा लिलाम गरेको भन्दै उनलेे अबको आन्दोलन त्यस्ता बैंक तथा वित्तीय संस्था बिरूद्व हुने चेतावनी दिए ।

कार्यक्रममा अभियानकाे अध्यक्ष मण्डल सदस्य इशा खड्का,अर्थविद दिपेन्द्र कंडेल,अभियन्ता सम्भु थापा,शिव सेना नेपालका केन्द्रीय सदस्य त्रिविक्रम शाह,अभियानका लुम्बिनी अञ्चल प्रचारप्रसार संयोजक दिनेश भण्डारी,राप्रपा जिल्ला सदस्य माधव रिमाललगायते आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij