JanataToday.com

Advertisment

SKIP THIS

बिजुली हुकिङ गर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

बिजुली हुकिङ गर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

महोत्तरी । महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

टनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ ।

तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो ।

त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij