मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्था बुटवल९१९ को छैठौं वाषिर्क साधारण सभा तथा तेस्रो अधिवेशन बाट सर्वसहमत रुपमा अध्यक्ष मा जङ्ग बाहादुर खत्री चयन हुनुभएको छ ।
त्यस्तै उपाध्यक्ष मीन प्रसाद श्रेष्ठ,सचिव केशवराज पान्डे , कोषाध्यक्ष कृष्ण बहादुर नेपाली,सह(सचिवमा दुर्गा चापागाईं निर्बिरोध निर्बाचित हुनुभएको हो।
त्यस्तै वडा नम्बर १७ संयोजकमा नाथु थारु,वडा नम्बर १८ संयोजकमा जनक गौतम र १९ मा केदार न्यौपाने निर्वाचित भएको निर्बाचन मण्डलले जानकारी गराएका छन्।
सदस्यहरूमा चन्द्र बहादुर घर्ति मगर ,गंगाराम ढकाल ,गोले प्रसाद चौधरी,हरी प्रसाद तिवारी,हेमलाल पौडेल ,केसव बहादुर कुँवर,लक्ष्मी भूसाल,माया राना ,डिल बहादुर थापा निर्बिरोध चयन हुनुभएको छ । लेखा समिती संयोजकमा हरि प्रसाद सुवेदी चयन हुनुभएको छ भने लेखा सदस्य तर्फ डोल राज पाण्डे र सागर पंगेनी चयन भएको निर्बाचन संयोजक गोविन्द प्रसाद मरासेनी ले जानकारी दिनुभयो ।
यसअघि संस्थाको छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्द्घाटन खानेपानी सब डिभिजन कार्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीले पानसमा बत्ति बालेर तथा फुलको गमलामा पानी हालेर गर्नुभएको थियो।
सो अवसरमा बोल्दै उहाँले खानेपानी मानव जिवनको महत्त्वपूर्ण चिज भएकोले सम्पुर्णलाई सर्वसुलभ उपलब्ध गराउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।कार्यक्रममा बुटवल (१९ का वडा अध्यक्ष चन्द्रसिह थापा ,बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी , संस्थाका सल्लाहकार तथा पुर्व सचीव जोगबहादुर खत्री , पश्चिम् अमवा खानेपानीका अध्यक्ष झपेन्द्रराज अर्याल ,सेमलार खानेपानीका अध्यक्ष प्रेमप्रसाद पौडेल ,अमरमाविका प्रधानाध्यापक देवराज पौडेल ,गर्हौकालिका उद्दमी सहकारीका अध्यक्ष पोषराज चापागाईं ,जग्गादाताहरु मनकुमारी गुरुङ र श्रीमाया श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षता र खानेपानी संस्था सब डिभिजन कार्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष भिमप्रसाद न्यौपानेबाट अध्यक्ष प्रतिवेदन ,कोषाध्यक्ष हीरा भण्डारीबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,सचिव राजु गौडेलबाट साङ्गठनिक तथा प्रशासनिक प्रतिवेदन , लेखासमिती संयोजक मणिरत्न भण्डारीबाट लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष मिन प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संस्थाका सचिव राजु गौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्