JanataToday.com

Advertisment

SKIP THIS

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ एन्फाले बङ्गलादेशमा हुने १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

 

फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार देखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमले बङ्गलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे ।प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । नेपालले पहिलो खेल फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।

प्रकाशित मिति : सोमबार, माघ १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij