दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप आयो

दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप आयो

काठमाण्डाै – सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताउनुभयो । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकालाई आउँदो फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ । भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ वटा जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिनुभयो । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उहाँको भनाइ थियो ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले खोप चाँडै नै जिल्लामा पठाइने बताउनुभयो ।

दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, माघ २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij